IME Life New

चिकित्सकीय सेवामा क्रान्तिः चीनमा डाक्टर अनि मोरक्कोमा बिरामी, रिमोट सर्जरीमा बन्यो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनमा बसेर फ्रान्सेली डाक्टरले १२ हजार किलोमिटर टाढा मोरक्कोमा एक बिरामीको प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरेर नयाँ रेकर्ड बनाएका छन्।

ती डाक्टरले यो अप्रत्याशित काम कसरी गरे भन्ने धेरैको जिज्ञासा होला। वास्तवमा ती डाक्टरले शल्यक्रिया गर्न चीनमा बनेको रोबोट प्रयोग गरेका थिए। नोभेम्बर १६ मा युनेस अहलालले २ घन्टाभन्दा कम समयमा शल्यक्रिया पूरा गरे। डाक्टरले चीनबाट कमान्ड दिएको समय र मोरक्कोमा सञ्चालित रोबोटले काम गरेको बीचको समयमात्र १०० मिलिसेकेन्डको अन्तर थियो।

Esewa
Crest

रिमोट सर्जरीमा रेकर्ड

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो अन्तरमहाद्वीपीय शल्यक्रियाले ३० हजार किलोमिटरभन्दा बढीको राउन्ड–ट्रिप ट्रान्समिशन दूरीका साथ अहिलेसम्मको विश्वको सबैभन्दा लामो रिमोट सर्जरीको रेकर्ड कायम गरेको छ। अहिलेसम्म कुनै पनि देशका डाक्टरले यति लामो दूरीमा शल्यक्रिया गरेका छैनन्। चीनले यो शल्यक्रियालाई आफ्नो चिकित्सा विज्ञानको क्षेत्रमा गरेको प्रगतिका रुपमा प्रस्तुत गरेको छ।

रिमोट सर्जरी कसरी गरियो ?

वास्तविक समय र हाई डेफिनिसन (एचडी) इमेजिङमा टाढाको स्थानबाट सटिक नियन्त्रणका साथ टोमाई रोबोटको सहयोगमा शल्यक्रिया गरिएको थियो। यो अभूतपूर्व प्रक्रियाले अक्टोबरमा मिर्गौलाको सिस्टको शल्यक्रियालाई पछ्याउँछ। जसलाई टोमाई रोबोटले सांघाई र बेनिनको कोटोनुको बीचमा २७ हजार किलोमिटरको राउन्ड–ट्रिप दूरीमा इन्भेसिभ अपरेसनमा सहयोग गरेको थियो।

रोबोट हातले डाक्टरको आदेशमा गर्यो काम

मोरक्कोमा रोबोटिक हातले सांघाईबाट सर्जनको आदेश पालन गर्यो। त्यसले प्रोस्टेट ट्युमर हटाउने र असाधारण सटिकताका साथ टाँका लगाउने काम गरेको थियो। त्यस क्रममा त्यसले भास्कुलर नर्भ बन्डललाई सुरक्षित राख्यो र मानव शरीरलाई आवश्यक भएसम्म मूत्रमार्गको लम्बाइ राख्यो।

रिपोर्टका अनुसार सम्पूर्ण शल्यक्रिया फाइभजी प्रविधिको सट्टा मानक ब्रोडब्यान्ड कनेक्सनमा निर्भर रहे पनि भिडियो फिड स्पष्ट र सहज रहेको थियो। यो धेरै कठिन शल्यक्रिया गर्न रोबोटको लचिलोपन, सटिकता र स्थिरता महत्वपूर्ण थियो।

यस्तो शल्यक्रियाको फाइदा के हो ?

रिमोट सर्जरीको यो रुपले विश्वभरका दक्ष शल्यचिकित्सकको पहुँच बढाउन सक्छ। बिरामीलाई विदेश यात्रा गर्ने आवश्यकतालाई हटाउन सक्छ। यसले वरिष्ठ सर्जनलाई जटिल प्रक्रिया ह्यान्डल गर्न कनिष्ठ सहकर्मीलाई टाढाबाट मार्गदर्शन गर्न प्लेटफर्म पनि प्रदान गर्दछ। टोमाई रोबोट निर्माण र सञ्चालन गर्ने कम्पनी माइक्रोपोर्ट मेडबोटका अध्यक्ष हे चाओले सिन्ह्वा समाचार एजेन्सीलाई रिमोट टेक्नोलोजीले चिकित्सा सेवाको भविष्यमा क्रान्ति ल्याउने बताए। ‘हाम्रो लक्ष्य रिमोट सर्जरीलाई नियमित अभ्यास बनाउनु हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS