IME Life New

चार वर्षपछि अमेरिकाले गर्यो यस्तो ठूलो निर्णय, विश्वमा कस्तो प्रभाव पर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाबाट एउटा ठूलो खबर आएको छ। जसको प्रभाव विश्व बजारमा पर्न सक्छ।

अमेरिको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले करिब ४ वर्षपछि ब्याजदर (नीतिगत दर) घटाएको हो। यसअघि सन् २०२० को मार्चमा अमेरिकामा नीतिगत दर घटाइएको थियो। केन्द्रीय बैंकले ब्याजदरमा ५० आधार अंक अर्थात ०.५० प्रतिशतले ठूलो कटौती गरेको छ। अमेरिकाको यो कदमको अमेरिकी बजारमा उछालमा आएको छ। योसँगै विश्व बजारमा पनि यसको प्रभाव सकारात्मक पर्ने विश्लेषकहरु बताउँछन्।

Esewa
Crest

अमेरिकाको केन्द्रीय बैंकले नीतिगत दर पुनरावलोकन गरी ब्याजदर आधा प्रतिशतले घटाएको घोषणा गरेको छ। त्यसपछि अब अमेरिकी नीतिगत दर ४.७५ प्रतिशतबाट ५ प्रतिशतमा झरेको छ। यसअघि लामो समयसम्म ५.२५ प्रतिशतदेखि ५.५ प्रतिशतको बीचमा थियो। यो दरमा कटौती बजार विज्ञहरुको अनुमान अनुरुप छ। कतिपय विज्ञहरुले नीतिगत दरमा एक चौथाइ प्रतिशतले र कसैले आधा प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए।

यूएस फेडले नीतिगत दर घटाउन थालेको छ र आगामी दिनमा अर्को दर कटौती गर्ने संकेत गरेको छ। ब्याजदर घटाउने घोषणासँगै फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर घटाउन कुनै पनि किसिमको ढिलाइ नगरिएको बताए। उनले ५० आधार बिन्दुले दर घटाए पनि मुद्रास्फीतिको काम अझै टुंगिएको बताए।

मन्दीको रिपोर्टको बीचमा, केन्द्रीय बैंक प्रमुख जेरोम पावेलले अमेरिकी अर्थव्यवस्था बलियो रहेको दाबी गरेका छन्। ‘हामी यसलाई त्यस्तै राख्न चाहन्छौं। अमेरिकाको जीडीपीले २०२४ मा २ प्रतिशतको वृद्धिदर दर्ता गर्न सक्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS