IME Life New

चार बैंक र दुई विकास बैंकसहित ७ कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार बाणिज्य बैंकहरुले घोषणा गरेको बुक क्लोज सम्बन्धी निर्णयका कारण तीन वटा बाणिज्य बैंकहरुको लाभांश बुक गर्ने आज अन्तिम दिन हो । नेपाल सरकारको मुख्य लगानी रहेको नेपालकै पहिलो नेपाल बैंकको नाफा बुक गर्ने आज अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट वितरण गर्न लागेको १२ प्रतिशत बोनस शेयर तथा चार प्रतिशत नगद लाभांशको लागि भोलि अर्थात पुस १६ गतेदेखि बुकक्लोज मिति तय गरेको छ । आज कारोबार समयसम्म कायम रहेका लगानीकर्ताहरुले मात्रै नेपाल बैंकको लाभांश लिन पाउनेछन् ।

एनएमबि बैंकको १३ प्रतिशत बोनस शेयर र ३ प्रतिश नगद लाभांश वितरणको लागि पुस १६ गते बुक क्लोज मिति तय गरिएको छ । सो अनुसार आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै उक्त लाभांश लिन सक्नेछन् ।

Esewa
Crest

पछिल्लो समय बाणिज्य बैंकहरुको सूचिमा पुछारमा रहेको सेन्चुरी बैंकको दुई आर्थिक वर्षको साधारणसभा एकै पटक गर्न लागेको बैंकले भोलि बुक क्लोजको मिति तय गरेकोले आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै बैंकले वितरण गर्न लागेको लाभांश पाउनेछन् ।
उता, साना किसान लघुवित्त वित्तिय संस्थाको २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश पाउनका लागि भोलिबाट बुकक्लोज हुँदैछ । आजसम्म शेयरधनी बनेकाहरुले उक्त लाभांश पाउनेछन् ।

कामना सेवा विकास बैकले लगानीकर्तालाई ४.४ प्रतिशत बोनस शेयर र ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने र सो कार्यको लागि भोलि अर्थात बिहिबार बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै उक्त लाभांश पाउनेछन् । त्यस्तै, १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बुक क्लोज भोलि हुँदैछ । त्यसैले आजसम्म शेयर खरिद गरेका लगानीकर्ताहरुले उक्त लाभांश हात पार्नेछन् ।

त्यस्तै, बरुण हाइड्रोपावरको बुक क्लोज बिहीबारदेखि हुनेछ । आगामी साधारण सभाबाट पारित गरी कम्पनीलले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ र उक्त लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS