IME Life New

चारसय जना सर्भेयरले गराए नविकरण, २२ जना नयाँ थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा १९ वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार पुस महिनासम्ममा ४ सय २२ जना बीमा सर्भेयरहरु बीमा कम्पनीहरुमा आवद्ध भएका छन् ।

समितिको असोजमसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने चार सय जना सर्भेयरहरुले लाइसेन्स नविकरण गराएका छन् भने २२ जना सर्भेयहरुले नयाँ लाइसेन्स लिएका छन् ।

Esewa
Crest

बीमा समितिको नियम अनुसार प्रत्येक बर्षको चैत्रमसान्तसम्ममा सर्भेयरहरुले आफनो लाइसेन्स नविकरण गराईसक्नुपर्ने प्रावधान रहेको छ । चैत्रमसान्तसम्म्मा लाइसेन्स नविकरण गराउन नपाउने सर्भेयरहरुले असोजसमसान्तसम्ममा दोब्बर दस्तुर तिरेर लाइसेन्स नविकरण गराउने प्रावधान रहेको छ ।

यदि सर्भेयरहरुले बीमा समितिले तोकेको समयमा आफनो लाइसेन्स नविकरण नगराएको खण्डमा पाँच सय रुपैयाँ बिलम्ब शूल्क र प्रत्येक दिनको ५० रुपैयाँको दरले जरीवाना तिनुपर्ने व्यवस्था रहेको छ ।
असोजमसान्तसम्ममा नविकरण नगराउने सर्भेयरहरुको हकमा भने पाँच बर्षको लागि लाइसेन्स खारेज हुने व्यवस्था रहेको छ । पाँच बर्ष पश्चात् उक्त सर्भेयरले नयाँ लाइसेन्स लिएर पुनः काम गर्न पाउने छन् ।

बीमा समितिको प्रावधान अनुसार क बर्गको सर्भेयरहरुले १२ हजार रुपैयाँ, ख बर्गाको सर्भेयरले ९ हजार रुपैयाँ, ग वर्गको सर्भेयरले ७ हजार रुपैयाँ र घ वर्गको सर्भेयरले ५ हजार रुपैयाँ लाइसेन्स नविकरण मार्फत दिनुपर्ने व्यवस्था रहेको छ ।

समितिबाट लाईसेन्स लिएको १५ बर्ष पुगेका सर्भेयलाई क, १० बर्ष पुगेकालाई ख, ५ बर्ष पुगेकालाई ग र भर्खरै लाईसेन्स लिएकालाई घ बर्गमा विभाजन गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा बढी काम गरेका व्यक्ति तथा बीमा सम्बन्धी विशेष अध्ययन गरेको व्यक्तिलाई बीमा समीतिले संञ्चालन गर्ने बीमा सर्भेयर तालिममा भाग लिई बीमा सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिएमा उसलाई बीमा सर्भेयर सम्बन्धी इजाजतपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS