IME Life New

चाँडै आउँदैछ मोबाइलबाटै जीवन बीमा गर्ने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा गर्नुपर्यो भने के गर्नुपर्छ रु बीमा अभिकर्तासँग सम्पर्क गर्ने वा जीवन बीमा कार्यालयमा जाने । तपाईले खल्तीमा बोक्दै वा हातमा हल्लाउँदै हिंडेको स्मार्ट मोबाइल फोनभित्रै अभिकर्ता वा बीमा कार्यालयको सेवा पाइने दिन चाँडै नै आइसकेको छ । विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले बीमा अभिकर्ताको सेवा प्रदान गर्न शुरु गरेका छन् ।

अहिले परिक्षणको क्रममा रहेको बीमालेख बिक्री सेवामा कुनै प्राविधिक त्रुटी नदेखिए चाँडै नै औपचारिकरुपमा यो सेवाको घोषणा गर्ने तयारी भइरहेको सेवा प्रदायकले जानकारी दिएका छन् । संस्थागत अभिकर्ताको रुपमा विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले सेवा शुरु गर्ने भएपछि देशभरका जीवन बीमा अभिकर्ताहरुले संगठितरुपमै विरोध जनाएका थिए । विरोधपछि तत्कालको लागी यो विषय सेलाए पनि बीमा समितिले संस्थागत अभिकर्ताको काम गर्न विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई इजाजत प्रदान गर्ने क्रम जारी राखेको छ ।

Esewa
Crest

सबैभन्दा पहिले ईसेवाले बीमा समितिबाट संस्थागत अभिकर्ताको इजाजत प्राप्त गरेको हो । खल्ती, प्रभु पे, आइएमइ पेलगायत अन्य भुक्तानी सेवा प्रदायकले समेत संस्थागत अभिकर्ताकोरुपमा काम गर्ने तयारी गरेका छन् ।

विद्युतीय भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका कम्पनीहरुले आफ्नो उद्देश्यमा बीमा अभिकर्ता सम्बन्धी कार्य गर्ने समेत उल्लेख गरेर सोबारे राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त गर्नुपर्छ । यसबाहेक अभिकर्ताको रुपमा सेवा प्रदान गर्नको लागी बीमा समितिबाट इजाजत पत्र प्राप्त गरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS