IME Life New

घोराही सिमेन्टले घोषणा गर्यो लाभांश, पुस २८ गते बोलायो तेस्रो वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव सहित साधारण सभा समेत बोलाएको छ।

कम्पनीले पुस २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ९ बजे दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं। १५ भरतपुरमा अवस्थित होटल पौवामा शुरु हुने जनाएको छ।

Esewa
Crest

सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभले उक्त प्रस्ताव पारित गर्नेछ । सभाले सो बोनश शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसकारण पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS