IME Life New

घर बीमाको न्यूनतम सिलिङ दोब्बरले बढाउँदै बीमा समिति, न्यूनतम २ करोडको घर हाउस होल्डमा पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: बीमा समितिले आवासीय घरको बीमाकालागि बनाइएको ‘हाउसहोल्ड पोलिसी’को सीमा दोब्बरले बढाउने तयारी गरेको छ ।

उक्त पोलिसीको सिलिङ समयसापेक्ष नभएको र घरजग्गाको बजारभाउको दाँजोमा अत्यन्त न्यून भएको भन्दै पुनरावलोकन गर्न अध्ययन अघि बढाएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Esewa
Crest

समितिले २०७२ वैशाखको भूकम्पपछि एक करोड रुपैयाँसम्मको घरका लागि ‘हाउसहोल्ड इन्स्योरेन्स’ र त्योभन्दामाथिको हकमाभने ‘व्यावसायिक घर’को रूपमा बीमा गर्न निर्देशन दिएको थियो ।

शहरी क्षेत्रमा अहिले एक करोड रुपैयाँमा घर पाइँदैन, त्यसैले समितिले चाँडै नै यसको सिलिङ बढाउने तयारी गरेको छ,’ उनले भने ।

समितिले कम्तीमा पनि दुई करोड रुपैयाँसम्मको आवासीय घरको बीमा हाउसहोल्ड अन्तर्गत गर्नुपर्ने निर्देशन बीमाकम्पनीहरुलाई जारी गर्नसक्ने सम्भावना छ । यद्यपि यो थप अध्ययनपछि मात्रै एकिन हुने पौडेलले बताए ।

घरजग्गाको भाउ बढ्दै जाँदा एक करोड रुपैयाँमा सामान्य घर पनि आउन छाडेको हुँदा यसलाई केही पुनरावलोकन गर्न आवश्यक  रहेको नेको इन्स्योरेन्सका डेपुटी सिीईओ अशोककुमार खड्काको राय छ ।

उनी भन्छन्, ‘सामान्य घरपरिवारले पनि बीमा गर्नसक्ने गरी पोलिसी जारी भएमा बीमा कम्पनीले धेरैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सक्छन्।’

२०७२ को भुकम्पपश्चात् समितिले घरको बीमालाई प्रोत्साहन गर्न समितिले सबै बीमा कम्पनीलाई हाउसहोल्ड बीमा पोलिसी जारी गर्दा समानदरले बीमाशुल्क लिन निर्देशन गरेको थियो। जसमा एक करोड रुपैयाँसम्मको घरको बीमा गर्दा प्रतिहजार एक रुपैयाँ बीमा शुल्कदर तोकिएको छ।

एक करोडभन्दा माथिका घरको बीमा व्यावसायिक घरको रूपमा हुने हुँदा यसको दर पनि बढी पर्न जान्छ।

समितिले व्यावसायिक घरको बीमामा बीमाशुल्क दर वा सीमा नतोकेकाले कम्पनीहरूरुले आफूखुशी शुल्क लिने गरेका छन्। ‘व्यावसायिक घरको बीमाशुल्क हाउसहोल्ड पोलिसीभन्दा धेरै महँगो पर्छ,’ नेकोका खड्काले भने ।

(प्रोपर्टी म्यागेजिनबाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS