IME Life New

ग्लोबल आईएमई बैंकको सिईओमा बज्राचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई बैंकको सिईओमा रत्नराज बज्राचार्यलाई नियुक्त गरेको छ । विगतमा डुब्न लागेको बैंकलाई उतार्न भूमिका खेलेका अनुभवी बैंक प्रशासक बज्राचार्यलाई हिजोदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो ।

बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार बज्राचार्यलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गरिएको हो । नेपालकै ठूलो बैंक मध्येको एक ग्लोबल आईएमई बैंकमा आईएमई ग्रुपको ठूलो लगानी छ भने ढकाल आफै अध्यक्ष समेत छन् । यसअघि सञ्चालक समितिसँग चर्को विवादपछि भावुक स्टाटस लेख्दै कार्यकाल बाँकी छैदै परशुराम कुँवरले सिईओ पदबाट राजिनामा दिएका थिए । रिक्त पदमा यसअघि पनि सिईओ भएर काम गरिसकेका बज्राचार्यलाई बैंक व्यवस्थापनले पुनः भित्राएको हो ।

Esewa
Crest

ग्लोबल आईएम बैंकलाई जनता बैंक समेत गाभेपछि बैंकको चुक्ता पुँजि र कारोबारको आधारमा निकै ठूलो बन्न पुगेको छ । करिब २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेर अनुभव हासिल गरेका तथा थप करिब १५ वर्ष नेपाली बैंकिङ क्षेत्रमा काम गरेका बज्राचार्य अप्ठेरो अवस्थामा रहेको एनसीसी बैंकलाई जोगाउन भूमिका खेलेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS