IME Life New

ग्लोबल आईएमई बैंकको शेयर मुल्यमा बिक्री चाप आउनुको यस्तो छ कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंक र ग्लोबल आईएमई बैंक मर्जर भए पश्चात नेपाली शेयर बजारमा ग्लोबल आईएमई बैंकको कारोवार खुलेसंगै कम्पनीको बजार मूल्य कति पुग्ला भनेर चासोको विषय थियो।

साताको अन्तिम कारोवार दिन बिहीबार बैंकको बजार मूल्य प्रति कित्ता २९६ मा बन्द भयो। कारोवार खुलेको लगातार दुई दिन कम्पनीको शेयर मूल्यले माथिल्लो सर्किट हानेको थियो। पहिलो दिन कम्पनीको मूल्य ९ दशमलव ७२ प्रतिशतले वृद्धि हुँदै २७७ प्रति कित्ता कम्पनीको मूल्य बन्द भएको थियो भने दोश्रो दिन पनि कम्पनीको बजार मूल्य ९ दशमलव ७५ प्रतिशतले वृद्धि हुँदै ३०४ प्रति कित्ता बजार मूल्य बन्द भएको थियो।

Esewa
Crest

मर्जर पश्चात कारोवार सुरु भएको तेश्रो दिन अर्थात बुधबार भने कम्पनीको निकै धेरै शेयर कारोवार भयो। माघ ८ गते दोश्रो बजारमा १ अर्ब ५८ करोडको शेयर किनबेच भएकोमा ग्लोबल आईएमई बैंक एक्लैको ६१ करोड १२ लाखको शेयर खरिद बिक्री भएको थियो। यो दिन ५८ नम्बर ब्रोकरबाट ९ करोड ४८ लाखको शेयर बिक्री भयो भने सोही दिन ३४ नम्बर ब्रोकरबाट ३ करोड ५९ लाख बराबरको शेयर खरीद भयो।

त्यस्तै यो क्रम माघ ९ गते पनि लाग रह्यो। माघ ९ गते ५८ नम्बर ब्रोकरबाट सर्वाधिक ३ करोड २२ लाख बराबरको शेयर बिक्री भयो र सोही दिन २९ नम्बर ब्रोकर बाट ७५ लाख ७० हजार बराबरको शेयर खरिद भयो।

यसरी दुवै दिन ५८ नम्बर ब्रोकरबाट आक्रमक रुपमा शेयर बिक्री हुँदा र अरु ब्रोकरहरुबाट आक्रामक रुपमा शेयर खरिद हुन नसक्दा ग्लोबल आईएमई बैंकको शेयर सप्लाई बढेको देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS