IME Life New

ग्लोबल आइएमई लघुवित्त आठौ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्ंथा शुभारम्भ भएको सातौ वर्ष पुरा गरि आठौ वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६९/११/२४ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै मिति २०७०/०२/१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७०/०२/०५ गते रजिष्टर्ड कार्यालय लमजुङ जिल्लाको बेसीशहरवाट वित्तीय कारोवार संचालन गरिएको थियो ।

संस्था आठौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका अध्यक्ष बुद्धि अकेलाले संस्था सञ्चालनको ७ वर्ष सफलतापुर्वक सम्पन्न भएको र संस्थाका उपलव्धीहरुलाई संस्थागत गदै आगामी वर्षहरु पनि संस्थाले प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।

Esewa
Crest

संस्थाको वार्षिक उत्सव अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले संस्था आठौ वर्ष प्रवेश गरेको शुभअवसरमा विपन्न वर्गको समृद्ध भविश्य भन्ने मूल मन्त्रलाई आत्मसात गरि संस्था सञ्चालनको यात्राका पाइलाहरु अघि वढाउदै ७ वर्ष पार गदै आठौ वर्षमा प्रवेश गर्न सफल भएको र हाम्रो यात्रा अभियानमा साथ दिनु हुने समस्त नियमनकारी निकायहरु, शेयरधनीहरु, सदस्य ग्राहकहरु, कर्मठ कर्मचारीहरु एवम शुभचिन्तकहरु सवैमा हाद्र्धिक कृतज्ञता व्यक्त गदै आगामी दिन पनि अझ उत्कृष्ट सेवाहरु प्रदान गर्न सबैबाट प्रेरणा मिल्ने अपेक्षा गरे ।

वार्षिक उत्सवको अवसरमा संस्थाले लमजुङ वेसिशहर स्थित मानव आश्रममा विद्यमान २१ जना असाय र वृद्धहरुलाई नियमित सेवन दश हजार रुपैयाँ बराबरको औषधीहरु हस्तान्तरण गरिएको जनाइएको छ ।

कोरोना भाइरस रोकथामका लागि १० वटा शाखा कार्यालयहरु मार्फत १५ हजारका दरले कुल जम्मा १ लाख ५० हजारको स्वास्थ्य सामाग्रीहरु खरिद गर्न सहयोग स्वरुप सम्वन्धीत नगरपालिका तथा गाउँपालिकाहरुमा हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS