IME Life New

ग्लोबल आइएमई लघुवित्तले उल्लेख्य मात्रामा बढायो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले गत वर्षको यसै अवधिको तुलनामा १५० ले नाफा वृद्धि गरी २१ करोड १५ लाख ७४ हजार रुपैयाँ पुराएको छ ।

गत वर्ष भने ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ८५ ले वृद्धि भएर ३२ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले १ अर्ब ७३ करोड ३७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८७ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Esewa
Crest

त्यस्तै लघुवित्तको खराब कर्जा भने १ दशमलव ७१ प्रतिशत बाट बढेर २ दशमलव ३२ प्रतिशत पुगेको छ । कस्ट अफ फन्ड १० दशमलव ६८ प्रतिशत बाट घटाएर ५ दशमलव ३८ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

चैत मसान्तसम्म चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । रिजर्भ कोषमा २७ करोड ८१ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ २६ पैसा र प्रतिशेयर नटवर्थ १ सय ७५ रुपैयाँ ४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS