IME Life New

ग्लोबल आइएमई लघुवित्तले कमायो २० करोड ४८ लाख रुपैयाँ खुद नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। संस्थाले यस अवधिमा २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ३ दशमलव १९ प्रतिशतले कमी हो।

यस अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २०.०५ प्रतिशतले बढेर ३२ करोड ५१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २५ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

Esewa
Crest

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशतले बढेर ४३ करोड ३९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
चु
क्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ५१.२ प्रतिशतले बढेर ४२ करोड ६ लाख रुपैयाँमा कायम भएको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २७ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म ४ अर्ब ५८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ४२ पैसा रहेको छ । पीई रेसियो २९.७२ गुणा, प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS