IME Life New

ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समिक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्तर्गत रहेको ३५ वटा शाखा कार्यालयहरुको आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिक समिक्षा तथा शाखा प्रवन्धक गोष्ठि सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित माइ होटलमा मंसिर ५ र ६ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा विभागीय प्रमुखहरुले ३५ वटा शाखाको प्रथम त्रैमासिक समिीक्षा र शाखा प्रवन्धक गोष्ठिको लागि सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती, भावि रणनीतिहरु प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Esewa
Crest

कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले उत्कृष्ट शाखाहरुलाई प्रशंसा पत्र प्रदान गर्दै, वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीयसंस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिए ।

कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत ३५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS