IME Life New

ग्लोबल आइएमई बैंकद्धारा थप तीन शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको बैंकले जनाएको छ ।

पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं ८,सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानिय छवि सरा सिंजाली,रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं ५,कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानिय महमद जलालुदीन हकर गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

Esewa
Crest

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS