IME Life New

ग्लोबल आइएमई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको २ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

पुस १४ गतेसम्ममा आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्दा खाताको विवरण हुबहु नमिलेर नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखिएको आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउँन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

गत पुस १४ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने बैकले जनाएको छ ।

हितग्राही खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नो खाता यथासिघ्र अध्यावधिक गराउँन बैंकले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS