IME Life New

ग्लोबल आइएमई बैंकको ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बैंकले ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउने जनाएको छ ।

यस खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकम मध्य भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Esewa
Crest

यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाका राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुने बताइएको छ ।

ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिने बैंकले बताएको छ ।

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइने बताइएको छ।

साथै, बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS