IME Life New

ग्लोबल आइएमई बैंकका शेयरधनीले बोनस शेयर पाउन करबापतको रकम तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकका शेयरधनीले आर्थिक वर्ष २०८०।८१ को बोनस शेयर पाउन लाभांशमा लाग्ने करबापतको रकम जम्मा गर्नुपर्ने भएको छ।

बैंकले आज एक सूचना जारी गर्दै बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो। गत आर्थिक वर्षका लागि ग्लोबल आइएमई बैंकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बोनस शेयरको ५ प्रतिशत करबापतको रकम जम्मा गर्न बैंकले सूचित गरेको हो।

Esewa
Crest

ग्लोबल आइएमई र साबिक बैंक अफ काठमाण्डूबीच मर्जर प्रक्रिया सकेर ग्लोबल आइएमई बैंकको नामबाट २०७९ पुस २५ गतेबाट एकीकृत कारोबार सञ्चालन भएको थियो। गाभिएको मितिबाट २ वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने प्रावधान रहेको छ। तर, एकीकृत कारोबार भएको मितिपश्चात ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज २०८१ मंसिर ९ गतेभन्दा अघिल्लो दिनसम्म भएको शेयर कारोबारबाट प्राप्त शेयरको ५ प्रतिशत कर लाग्ने बैंकले जनाएको छ।

करबापतको उक्त रकम बैंकले तोकेको बैंक खातामा दाखिला गरेपछि मात्रै शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिने बैंकले जनाएको छ। करबापतबाट रकम जम्मा गरी भौचर शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको ई–मेल [email protected] मार्फत पठाउनुपर्ने बैंकले जनाएको छ।

बोनस शेयरको करबापतको रकम जम्मा गर्नुपर्ने बैंक खाता

बैंकको नामः ग्लोलब आइएमई बैंक लिमिटेड

बैंक खाताको नामः TAX ON BONUS SHARE 80-81

बैंक खाता नम्बरः ०००७५३०५२४०४७

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS