IME Life New

ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा चैत २८ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । ग्रीन डेभलपमेण्ट बैंकले चैत २८ गते ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।बैंकको फागुन २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लाभांश प्रस्ताव पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको हो सभा प्रयोजनका लागि भने बैंकले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।बैंकले यस वर्ष ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यसअघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो ।

Esewa
Crest

बैंककोे पुस २७ गतेको सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

परिमार्जन गरिएको लाभांश अनुसार अब कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

बैंकले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS