IME Life New

ग्रीनलाइफको १८ लाख कित्ता आइपीओ माघ २२ देखि खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २२ गतेदेखि १८ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।

यस आइपिओको लागि हाइड्रोपावरको आयोजनास्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु ९(सिंगटी, चरिकोट, जिरी, बैतेश्वर)बाट आवेदन दिन सकिनेछ । न्युनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Esewa
Crest

यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS