IME Life New

ग्रीन लाइफको आइपीओ नेप्सेमा सूचीकृत, दोस्रो बजारमा भोलिदखि कारोबार हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारणशेयर (आईपीओ) सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।

Esewa
Crest

साथै, कम्पनीले शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । नेप्सेले कम्पनीको सिम्बोल जीएलएच दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS