IME Life New

ग्रामिण विकास लघुवित्तले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ८औं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा आफ्नो प्रधान कार्यालय बुटवलमा भौतिक रुपमा तथा भर्चुअल माध्यमबाट संचालन गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्ने कम्पनीको भनाई छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/७९ को संस्थाको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/ ७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार आर्थिक वर्ष २०७९/८० का लागी लेखापरीक्षण गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०/४/२८ गते लेखापरीक्षक श्री एनबिएस एम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाडौं नियुक्त हुने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै, सभाले संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ । सभाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने, अन्य वित्तीय संस्थालाई शाखा विकी गर्ने लगायतका कार्यहरूसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न, परिमार्जन थपघट वा परिवर्तन गर्नुपर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १४ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

1700563063320

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS