IME Life New

गोर्खाज फाइनान्सको नाफा १७८ प्रतिशतले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको । कम्पनीले यस अवधिसम्ममा खुद नाफा १७८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । फाइनान्सले पुस मसान्तसम्ममा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ संचिती रहेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म्मा फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा ३ करोड ५५ लाख कम हो। गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा फाइनान्सले १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS