IME Life New

गैरस्थानीयलाई स्वास्थ्य बीमा सुरु गर्दै थाइल्यान्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थाइल्यान्डले गैरथाईलाई स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ।

भियतनाम प्लसमा प्रकाशित खबरअनुसार थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले आउँदो जनवरी १ तारिखदेखि गैरथाई मानिसका लागि स्वास्थ्य बीमा ‘हिन्ट सिस्टम’ सुरु गर्ने तयारी गरेको हो। यो पहलको मुख्य उद्देश्य राज्यविहीन र गैरथाई व्यक्तिका लागि स्वास्थ्य सेवा कभरेज प्रदान गर्ने र सीमा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउने रहेको छ।

Esewa
Crest

हिन्ट सिस्टमले द्रुत दर्ता प्रदान गर्दछ। यसको प्रक्रियागत समय केवल ५ मिनेटको मात्रै हुनेछ। अघिल्लो सिस्टममा प्रक्रियागत समयमात्रै २ हप्ताको रहेको थियो।

हिन्ट सिस्टमले पहिचानका लागि आवश्यक कागजात बिनै गैरथाई व्यक्तिका लागि दर्ता सुविधा दिनेछ। यो सिस्टम मन्त्रालयको वित्तीय डेटा हबसँग एकीकृत छ। जसले अस्पतालहरुलाई २४ घन्टाभित्र गैर–थाईका लागि चिकित्सा शुल्क फिर्ता गर्न र १५ दिनमा स्थानान्तरण सुनिश्चित गर्दछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS