IME Life New

गृहणी जीवनको व्यस्ततासँगै अभिकर्ता पेशामा जमेकी पोखराकी सकुन्तला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दैनिक घरगृहस्थीमा अल्झिनु, चुलो चौकोमै सिमित हुनु नेपाली नारीको विवशता नै हो । नेपाली समाजमा घरगृहस्थीको व्यस्त दैनिकिलाई त्यागेर जागिरे जीवन जिउने महिलाको संख्या निक्कै न्यून रहेको छ । तर एकाध महिलाहरु भने घर सम्हाल्दै आय आर्जनमा समेत लागेको पाइन्छ । पछिल्लो समय गृहिणीहरुका लागि आय आर्जनको राम्रो स्रो बनेको छ, बीमा अभिकर्ता पेशा । यहि अभिकर्ता पेशामा रमाइरहेका मध्ये एक हुन्, पोखरा– १४ खाल्डी मसिनाकी सकुन्तला गुरुङ । उनी विगत ३ वर्षदेखि सूर्य लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा सक्रिय छिन् ।

Esewa
Crest

खाल्डी मसिनामा आमा समुहको अध्यक्षको रुपमा सक्रिया हुँदै गर्दा सकुन्तलालाई अभिकर्ता बन्नका लागि प्रस्ताव आएको उनी बताउँछिन् । तीन वर्षअघि सूर्य लाइफ पोखराले उनको बस्ती टोलमा बीमा सम्बन्धि कार्यक्रम गर्न पटक पटक प्रस्ताव गरेको उनी सम्झिन्छिन् । तर उनलाई उक्त प्रस्तावप्रति भने मनमा रत्तिभर पनि रुचि थिएन । पटक पटकको आग्रह पश्चात उनले नाई भन्न नसकेपछि उनकै नेतृत्वमा सूर्य लाइफले बीमा जनचेतना सम्बन्धि कार्यक्रम सञ्चाञ्चान गर्यो । बीमा अभिकर्ता भन्ने बित्तिकै दलाली पेशाको संज्ञा दिने सकुन्तलालाई सूर्य लाइफको उक्त सचेतना कार्यक्रमले भने बीमा बारे बुझ्न धेरै सघाउ पुर्याएको उनको भनाई ।

बीमाको महत्व बुझेपनि तत्कालै अभिकर्ता बनौ भन्ने सोच भने उनमा थिएन । अभिकर्ता बन्ने प्रस्तावलाई उनी आलटाल गर्दै आइरहन्थिन् । सँगै कार्यक्रममा सहभागी भएका साथीभाईले समेत उनलाई अभिकर्ता बन्न फोर्स लगाउन थालेपछि भने उनले अभिकर्ता पेशा अंगालेकी थिइन् । साथीभाई र आफन्तलाई बीमा पोलिसि बिक्रि गर्दै उनले अभिकर्ता पेशामा ३ वर्ष विताइसकेकी छिन् । यति मात्र होइन मेलापात, खेताला जाँदा समेत उनी धेरै जसो बीमा बारे नै कुरा गर्न रुचाउँछिन् । उनको कुरा सुनेर बीमाको महत्वलाई बुझ्नेहरुले तत्कालै बीमा गर्न सहमति हुन्छन् भने कुनै कुनै मुखले हुन्छ हुन्छ भनेहरुले अलि पछि बीमाको बारेमा राम्रो जानकारी पाएपछि बीमा गराइदिन भन्दै आफूसँग आउने गरेको उनी सुनाउँछिन् । उनले हालसम्म बिक्रि गरेको पोलिसि भने धेरैजसो आफन्तलाई नै रहेको उनी सुनाउँछिन् ।

सकुन्तलाले अभिकर्ता पेशा सुरु गरेको ३ वर्ष वितिसकेको छ । घरको काम सकेर बाँकी बसेको समयलाई अभिकर्ता पेशामा लगाउँदा पनि उनले आफ्नो लागि चाहिने अर्थोपार्जन गर्न सफल भएकी छिन् । बीमाको काम आएको अवस्थामा भने उनले पूर्ण दिन बीमाकै काममा व्यस्त हुन्छिन् । अभिकर्ता पेशामा संलग्न हुँदै गर्दा उनी एउटा गैर सरकारी संस्था एनजीओमा पढाउने गर्थिन् । विगत छ महिना अघिदेखि भने उनले एनजीओमा पढाउने काम छाडेको उनी बताउँछिन् । एनजीओमा पढाउँदा पाउने पारिश्रमिक भन्दा थोरै समय मिलाएर बेचेको पारिश्रमिक धेरै भएको उनी बताउँछिन् ।

उनी ब्रान्च म्यानेजर समेत भएकोले मासिक रुपमा हुने आम्दानी चित्तबुझ्दो रहेको उनी बताउँछिन् । सानो परिवार श्रीमान् बाहिरको काममा व्यस्त रहने हुँदा घर व्यवहार सबै सकुन्तला आफै हेर्छिन् । घरको कामबाट फुर्सद भएपछि बीमा अभिकर्तालाई समय दिने उनी अभिकर्ता पेशालाई दलाली पेशा भनेको सुन्दा नमिठो मान्छिन् । तर बीमा बारे ज्ञान बाँडेर भवितव्य आइपर्ने आर्थिक संकटबाट जोगाउन सक्ने पेशा भएकोले यो पेशाप्रति आफ्नो छुट्टै लगाव रहेको उनी बताउँछिन् । सरकारले नै बीमालाई अनिवार्य रुपमा लागू गराउने योजना तथा कार्यक्रमहरु ल्याएमा आफू र आफू जस्ता अभिकर्तालाई काम गर्न थप सहयोग मिल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS