IME Life New

गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर बिहिबार देखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चैत्र २८ गते बिहिबार (भोलि) देखि गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर खुला हुने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँको आधारमा २९ लाख ७० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

जेठ ८ गतेसम्म विक्रीमा रहने यस हकप्रदमा कात्तिक २६ गते सम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गरेको हो ।

Esewa
Crest

हकप्रदमा योग्य आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी बैंक लिमिटेडका उपत्यका भित्रका ललितपुर , महाराजगञ्ज र वाहिरका विरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, लहान, स्याङ्जा, सुर्खेत, दाङ, महोत्तरी, सल्यान, दोलखा, काभ्रेपलाञ्चोक, तनहु र मकवानपुरका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

साथै सि—आस्वा सदस्यता लिएका बैंक तथा बित्तीय संस्था बाट सि—आस्वा प्रणालीमार्फत पनि शेयर भर्न सकिने व्यवस्था छ ।

५० प्रतिशत हकप्रद जारी गर्न लागेको कम्पनीको सो हकप्रद र ८ प्रतिशत बोनस पश्चात ९६ करोड २२ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS