IME Life New

गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई सम्मान गरिनुका साथै यस आर्थिक वर्षमा समेत उत्कृष्ट ब्यबसाय गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

कम्पनीका क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीको पोखरा क्षेत्रीय कार्यालयका बरिस्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले सहजिकरण गर्नुभएको थियो भने सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

Esewa
Crest

त्यसैगरी एजेन्सी मेनेजर बाबुराम लामिछाने, बिनिता सुबेदी भण्डारी, गणेश कुमार श्रेष्ठ, नारायणी भण्डारी सुबेदी, सुरेन्द्र मोहन अधिकारीले आ आफ्नो धारणा राखेका थिए। कम्पनीका एजेन्सी मेनेजर एमडीआरटी कृष्ण बहादुर भट्टराईले जीबन बीमाको समसामयिक विषयमा चर्चा गरेका थिए ।

सयौ संख्यामा उपस्थित कम्पनीका टप लिडरहरुलाई क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल,बरिष्ठ मार्केटिङ अधिकृत द्वय श्याम प्रसाद तिमिल्सेना एवं प्रकाश रेग्मीले प्रशिक्षण दिएका थिए

साथै कार्यक्रममा आउँदै गरेको बडा दसैँको शुभकामना आदानप्रदान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS