IME Life New

गुराँस लाइफले प्राण घातक रोग लागेका बीमितलाई दियो ३० लाखको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्राण घातक मुटु रोग लागेका बीमितलाई ३० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मनप्रसाद थापामगरलाई उक्त रकम हस्तान्तरण गरेको हो । बीमित थापामगरले केहि वर्ष पहिले जीवन बीमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका थिए । सोहि सुविधा लिए बापत उनले यस्तो सुविधा प्राप्त गरेका हुन् ।

कम्पनीले पोखरा ३० पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगर लाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरेका छन् ।

Esewa
Crest

सो अवसरमा यसप्रकारको सुविधा ५ लाखदेखि ५० लाखसम्म मात्र लिन पाईने र कम्पनीले २० वटा रोगलाई प्राण घातक रोगमा समाबेस गरेको क्षेत्रिय कार्यलय पोखराका प्रमुख हरि शर्मा पौडेलले वताए ।

थापाले जीवन बीमा गर्दा प्राण घातक रोगको लागि ३० लाखको बीमा गरेको १ वर्ष पुरा भएर दोश्रो वर्ष लागेको बीमा कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले वताए ।

त्यसैगरी उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ अधिकृत प्रकाश रेग्मी, सिनियर एजेन्सी मेनेजर कृष्ण भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बाबुराम लामिछाने, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी लिडर शरण पन्त, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, लिडर सिता कुमाल, लिडर भोलानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS