IME Life New

गुराँस लाइफद्धारा ५२ लाख ५५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडले बीमित परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । भद्रपुर नगरपालिका ८ क्याम्पसमोड निवासी स्व.सुरेश राई (विवेक) ले २०७७ साल असार ३१ गते ५० लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए। जीवन बीमा गरेको चार महिनामा उनको सुतेको अवस्थामा निधन भएको थियो।

राईको बीमाङ्क रकम दाबी अनुसार कम्पनीले भद्रपुर ८ को वडा कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच उनकी धर्मपत्नी रुविना तामाङलाई ५२ लाख ५५ हजार रुपैयाँ दाबी रकमको चेक हस्तान्तरण गरेको हो।

Esewa
Crest

बीमाङ्कको ५० लाख र बोनस २ लाख ५५ हजार रुपैयाँको सो चेक नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र कम्पनीका प्रदेश प्रमुख गिरिधर श्रेष्ठले उनकी धर्मपत्नी तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS