IME Life New

गुराँस लाइफद्धारा पोखराका बीमितलाई २१ लाख मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पोखराका बीमित राजु गुरुङको परिवारलाई २१ लाख २ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । राजु गुरुङ भन्ने यम प्रसाद गुरुङले २०७८ भदौ ३० गते २० लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । स्थायी घर पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नम्बर एकका गुरुङको उपचारका क्रममा असामयिक निधन भएको थियो ।

कम्पनीले गुरुङको धर्मपत्नी मोतिमाया गुरुङलाई उक्त रकम चेक मार्फत भुक्तानी गरेको छ । कम्पनीका क्षेत्रीय प्रमुख हरी शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए । सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई  बचाइराख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS