IME Life New

गुराँस लाइफद्धारा दुई परिवारलाई साढे १६ लाख मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुईवटा मृत्यू दावी रकम भुक्तानी गरेको छ । कम्पनीले औपचारिक कार्यक्रम गरी दुई घर परिवारलाई मृत्यु दाबी वापत साढे १० लाख र ६ लाखको चेक मृतकका आफन्तलाई हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्स इलाम शाखा मार्फत बीमा गरेका सन्दकपुर गाँपालिका वडा नम्वर एक बस्ने इच्छा बहादुर मुखीयाको मृत्यु पछि बीमितकी श्रीमती अन्जु राई मुखीयालाई दश लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको हो । कम्पनिका प्रदेश एकका प्रमुख श्रीधर श्रेष्ठले चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

मृतक इच्छा बहादुरको पाँच लाखको बीमा गरिएको थियो उनको दुर्घटनाबाट मृत्यु भएपछि कम्पनीले दोब्बर भुक्तानी गरेको कम्पनीका अर्जुन पोख्रेलले जनाए। इच्छाबहादुरले बीमा पछि दुई किस्ता रकम जम्मा गरेका थिए ।

साथै माई नगरपालिका महमाई बस्ने भक्त लिम्बुको मृत्यु पछि उनकी श्रीमती निर्मला कम्वललाई चेक हस्तान्तरण गरिएको हो । पाँच लाखको बीमा गरेर चार किस्ता जम्मा गरेका भक्तबहादुरको केही समय अगाडी मृत्यू भएको थियो ।

भक्त बहादुरको प्राकृतिक मृत्यू भएपछि पाँचलाखको बीमा गरेका कारण पाँच लाख र जम्मा गरिएको किस्ताको बोनस सहित हस्तान्तरण गरिएको बताइएको छ । सो चेक समेत कम्पनिका प्रदेश एकका प्रमुख श्रीधर श्रेष्ठले नै प्रदान गरेका हुन् ।

चेक हस्तान्तरण पछि विमितको आश्रीत परिवारको तर्फबाट कम्पनीलाई धन्यवाद दिँदै सबैलाई आफु र आफ्ना परिवारको बीमा आवश्यक परेको बताए । आफ्ना आफन्त नरहे पनि बीमा मार्फत रकम पाएपछि केही राहत मिलेको परिवारका सदस्यहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS