IME Life New

गुराँस लाइफको ९० हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक समूहको लिलामी सेयरमा बोलपत्र भर्ने आज अन्तिम रहेको छ । कम्पनीको ९० हजार ५ सय ७१ कित्ता संस्थापक शेयर लिलामी गर्न लागेको हो । कम्पनीले साउन ३ गतेदेखि लिलामी सेयर खुला गरेको हो ।

गुराँस लाइफले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो ।

Esewa
Crest

उक्त लिलामी शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको संस्थापक सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नपर्नेछ । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS