IME Life New

गर्मी सुरु हुनुअघि नै आफ्नो कारमा विशेष ध्यान दिऔँ, यी टिप्स हुन सक्छन् उपयोगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अहिले विस्तारै मौसम परिवर्तन हुँदैछ। जाडो घट्दै गएको छ भने चाँडै गर्मीयाम सुरु हुँदैछ।

फेब्रुअरी महिना सुरु भइसकेको मौसममा परिवर्तन लगभग आइसकेको छ। यदि तपाइँसँग कार छ भने गर्मी सुरु हुनुअघि कार कसरी मर्मत गर्ने भनेर जान्न महत्वपूर्ण हुन्छ। कारको मर्मतसम्भार पनि फरक–फरक मौसमअनुसार फरक–फरक हुन्छ। अहिले जाडो मौसम सकिन लागेको छ र गर्मी क्रमशः बढ्दै गएको छ। गर्मी मौसममा आफ्नो कारको हेरचाह कसरी गर्ने र कुन कुरालाई ध्यानमा राख्ने भन्नेबारे तल दिइएका टिप्सहरु उपयोगी हुन सक्छन्।

Esewa
Crest

मौसम परिवर्तन हुँदा पार्किङमा ध्यान दिऔँ

जाडो मौसममा बाहिर गाडी सजिलै पार्क गर्न सकिन्छ। किनकि घामको तापले भित्री भाग तात्यो भने पनि खासै समस्या हुँदैन। तर, गर्मीको मौसममा पार्किङमा विशेष ध्यान दिनु जरुरी हुन्छ। गर्मीयाममा खुला स्थानमा गर्दा कारको भित्री भाग तातो हुन सक्छ। कार एसीमा असर पर्न सक्छ।

ड्राइभ गर्नुअघि टायर चेकजाँच गरौँ

अत्याधिक गर्मीका कारण कारका टायरहरु फुकेको हुन सक्छ। यसले टायर फुट्ने जोखिम पनि बढाउँछ। गर्मीमा कार चलाउनुअघि गाडीको टायरको प्रेसर सही छ र टायर चिप्लिएको छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ।

गर्मी आउनुअघि एसीको गर्नुपर्छ सर्भिसिङ

जाडो मौसममा कार एसी कम प्रयोग गरिन्छ। यस्तो अवस्थामा गर्मीमा कारको एसी चलाउनुअघि एसी सर्भिसिङ गराउनुपर्छ। खुला रुपमा पार्किङ गर्दा कहिलेकाहीँ कारभित्र तातो उत्पन्न हुन्छ। जसका कारण कारमा एसी चलाउँदा पनि चिसोपनको अनुभूति हुँदैन।

इन्जिन आयलमा ध्यान दिनुपर्छ

गर्मीमा तापक्रम बढ्दा कारको इन्जिन आयल छिट्टै बिग्रन्छ। बिग्रिएको इन्जिन आयलले पनि इन्जिनमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा इन्जिन आयल बचाउनका लागि नियमित रुपमा जाँच गराई आवश्यकताअनुसार आयल थप्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS