IME Life New

गरिमा समृद्धि योजनाका इकाइहरु आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’का इकाइहरु आज पुस ७ गतेबाट बिक्री खुला गरिएको छ।

कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गरेको हो। जसअनुसार १० करोड इकाइ बिक्री खुला गरिनेछ।

Esewa
Crest

कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद छिटोमा पुस ११ गतेसम्म तोकिएको छ। यो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन दिने म्याद थप हुन सक्छ।

यो १० वर्षे बन्दमुखी योजना हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS