IME Life New

गरिमा विकास बैंकले संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र अर्थात् असार १५ गतेसम्म कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवश्यक कागजसहित निवेदन दिन आग्रह गरेको छ ।

उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा नियमअनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये केही कित्ता शेयर विक्री गर्ने व्यवस्था मिलाउन बैंकमा निवेदन दिएका थिए । सोही अनुसार कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर विक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS