IME Life New

गरिमा विकास बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजीको ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ५१ करोड ८७ लाख ६८ हजार ७०५.७२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार २७०.४३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने २ करोड ५९ लाख ३८ हजार ४३५.२९ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS