IME Life New

गरिमा विकास बैंकको नाफा २० प्रतिशतले बढ्यो, वितरण योग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्ममा बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २० दशमलव ९१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ दशमलव ५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा २० दशलमव ९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप ४२ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कर्जा ३४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ४४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा २० रुपैयाँ १० पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS