IME Life New

गरिमा विकास बैंकको अधिकांश सूचक उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३६ दशमलव ६३ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेको छ। अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको जगेडा कोष गत आथिृक वर्षको तुलनामा २९ दशमलव १४ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ६४ प्रतिशत बढेको छ सञ्चालन मुनाफा ३६ दशमलव ९७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यसैगरी, बैंकको निक्षेप ३९ दशमलव ५३ प्रतिशतले बढेको छ भने कर्जा लगानी ४४ दशमलव २८ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS