IME Life New

गरिमा र महालक्ष्मी विकास बैंक ई–कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी बैंकले कार्डमार्फत हुने ई–कमर्स कारोबारका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरू गरेका छन्।

सेवाको सुरूवातपश्चात गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्डवाहकले सुरक्षित तरिकाले अनलाईन ई–कमर्स कारोबार गर्न सक्नेछन्। यो सेवा प्रयोग गर्न बैंकका कार्डवाहकहरूले आफ्नो कार्डमा एकपटक यो सुविधा सुरू गर्नुपर्ने एनसीएचएलले जनाएको छ।

Esewa
Crest

ई–कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्योर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम रहेको एनसीएचएलको भनाइ छ। बैंक र एनसीएचएलको यो पहलले बढ्दो ई–कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाई कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा लिइएको छ।

हाल एनसीएचएल को यो सेवाअन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ।

नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS