IME Life New

गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। यससम्बन्धि सम्झौतापत्रमा दुवै बैंकबीच आज सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ। सर्लाहीको मलग्वामा केन्द्रिय कार्यलय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रिय कार्यलय रहेको गरिमाको उपस्थिति बलियो बनेको छ।

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।

Esewa
Crest

देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS