IME Life New

गत आवमा पुर्नबीमा बापत करिब सवा ९ अर्ब बाहिरियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्ष २०७४/७५ मा पुर्नबीमाबापत ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनी मार्फत ९९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनी मार्फत ८ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको हो ।

चालु आवको पुर्नर्बीमा बापत बाहिरिएको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५ करोडले कम हो । आव ०७३/७४ भने पुर्नबीमाबापत ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको तथ्यांकले देखएको छ । आव ०७२/७३ मा पुनर्बीमाबापत ७ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको थियो ।

Esewa
Crest

विगत चार वर्षको अवधिमा भने पुनर्बीमाबापत नेपालबाट ३१ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको समितिको तथ्थांकमा उल्लेख छ । सो अवधिमा जीवन बीमा कम्पनी मार्फत ३ अर्ब ६८ करोड र निर्जीवन बीमा कम्पनीहरू मार्फत भने २८ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ ।

आफुसँग भएको जोखिम अरुलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । बीमा कम्पनीहरुले आम मानिसहरुको जोखिम बहन गर्छन् । त्यस्तै, बीमा कम्पनीहरुले पनि आफुले बहन गर्न सक्ने भन्दा बढी जोखिम भएमा फेरी अर्को कम्पनीसँग बीमा गर्दछ । जसलाई पूर्नबीमा भनिन्छ । यसले कम्पनीहरुलाई सुरक्षित बनाउँछ । जसको उदाहरण अघिल्लो बर्षको भुकम्पलाई लिन सकिन्छ । कम्पनीहरुले पहिले नै पुर्नबीमा गरेका कारण गत बर्ष गएको भुकम्पमा कम्पनीहरुले भुक्तानी गर्न सकेका हुन् ।

तर, कुनै पनि कम्पनीले कम्पनीले एउटै पूर्नबीमा कम्पनीमा शतप्रतिशत बीमा भने गर्दैन । कम्पनीहरुले सुरक्षाको लागि विभिन्न कम्पनीमा पूर्नबीमा गरेका हुन्छन् ।

कम्पनीहरुले ब्रोकर र सिधै कम्पनी सँगै नै सम्झौता गरी पुनर्बिमा गर्न सक्ने व्यवस्था छ । निर्जीवन बीमा कम्पनीहरुले ट्रिट्री र फ्याकल्टेटिभ (विषयगत/पटके) मार्फत पुर्नबीमा गर्ने प्रचलन छ । समितिको तथ्यांक अनुसार विगत पाँच बर्षमा कम्पनीहरुले ट्रिट्री र फ्याकल्टेटिभ (विषयगत/पटके) मार्फत बराबर रकमको पुनर्बीमा गरेका छन् ।

नेपालका निर्जीवन बीमा कम्पनीहरुले स्वीस रि (स्वीजरल्याण्ड), जेवि बोडा पुर्नबीम कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरुसँग पुनर्बिमा गर्दै आएका छन् । कम्पनीहरुले ब्रोकर मार्फत पनि पुनर्बीमा गरेका छन् । नेपाली कम्पनीहरुले जेवि बोडा (भारत), पाईनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतिय ब्रोकरहरु मार्फत पनि पुनर्बीमा गर्दै आएको समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS