IME Life New

क, ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च स्वास्थ्य सतर्कताका साथ बैंक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा प्रवाह गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कता अपनाउँदै सेवा दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले दिएको निर्देशन यस्तो छ
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहामा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीहरुमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अबलम्बन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

Esewa
Crest

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यलय उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यलयमा उपस्थित गराई सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रीय कार्यालयको हकमा एक तिहाइ कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भन भएसम्म कम कर्मचारीको उपस्थितिमा न्युनतम शाखाबाट सेवा प्रदान गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

ग्राहकको चापलाई ध्यान दिएर शाखाहरु सञ्चालन गर्न, बैकल्पिक शाखा कार्यलय बाट आलोपालो गरी सञ्चालन गर्न र बन्द हुने शाखा कार्यलयको ढोकामा शाखाको जानकारी सहितको सूचना दैनिक प्रकाशन गर्न समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ ।

विभिन्न निकायबाट जारी भएका निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसगँको समन्वय शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सेवाग्राहीलाई विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिनु पर्ने बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको अधिकांश कामहरु विद्युतिय माध्यमबाट सम्पादन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

कोरोना जोखिम न्युनिकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यस अगाडी जारी गरिएका निर्देशन परिपालना गर्ने गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ । त्यस्तै, २०७८ बैशाख १९ बाट जेठ १० सम्म जारी गरिएको सूचना खारेज गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS