IME Life New

क-कसले पाउने भए रतन टाटाको १० हजार करोडको सम्पत्ति ? भयो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रतन टाटाको मृत्युपछि उनको सम्पत्ति र इच्छापत्रको निकै चर्चा भएको थियो। मानिसको मनमा प्रश्न थियो कि उनको सम्पत्तिको अन्तिम मालिक को हुनेछ?

यस्तो अवस्थामा अहिले दिग्गज उद्योगपतिको इच्छा प्रकट भएको छ। अगस्टमा जारी हुरुन इन्डिया रिच लिस्टका अनुसार रतन टाटाको टाटा सन्सको करिब ०.८३ प्रतिशत शेयर थियो र उनको कुल सम्पत्ति भारु ७ हजार ९०० करोड थियो। जब कि अन्य सम्पत्तिसहित उनको नाममा भारु १० हजार करोडको अनुमानित कुल सम्पत्ति थियो।

Esewa
Crest

रतन टाटाको इच्छा कार्यान्वयन गर्ने जिम्मेवारी उनका सौतेनी दिदीबहिनी शिरिन र डायना जेजीभोयका साथै वकिल डारियस खम्बाटा र उनका नजिकका साथी मेहली मिस्त्रीलाई दिइएको छ। टीओआई रिपोर्टका अनुसार रतन टाटाको इच्छाको सबै विवरण सार्वजनिक गरिएको छैन। तर, यो निश्चित छ कि उनको सम्पत्तिको ठूलो हिस्सा परोपकारी संस्था रतन टाटा इन्डोमेन्ट फाउन्डेसन (आरटीईएफ) मा जानेछ।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले फाउन्डेसनको नेतृत्व गर्नेछन् र सामाजिक कल्याण र सेवाका लागि टाटाको दृष्टिकोणलाई निरन्तरता दिनेछन्। रतन टाटाको इच्छा अनुसार फाउन्डेसनले आरएनटी एसोसिएट्स र आरएनटी सल्लाहकारहरुमार्फत आफ्नो स्टार्टअप लगानीको लिक्विडेसनबाट पनि लाभ उठाउनेछ। जसले यसको परोपकारी पहलहरुलाई उल्लेखनीय रुपमा बढावा दिनेछ।

द टाइम्स अफ इन्डियाका अनुसार इच्छापत्रमा रतन टाटाका भाइ जिमी टाटा र सौतेनी बहिनीहरु शिरिन र डिआना जेजीभोयलगायतका नजिकका परिवारका सदस्यका लागि प्रावधान गरिएको छ। यसमा टाटाका वफादार घरेलु कर्मचारी पनि समावेश छन्। जस्तै उनका कुक राजन शा र बटलर सुब्बिया। जसले उनलाई दशकौँसम्म सेवा गरेका थिए।

टाटाका कार्यकारी सहायक र विश्वासपात्र शान्तनु नायडुलाई पनि इच्छापत्रको हिस्सा बनाइएको छ। रिपोर्टका अनुसार टाटाले नायडुले शिक्षाका लागि लिएको व्यक्तिगत ऋणमाफ गरिदिएको छ र नायडुको सबै व्यवसाय गुडफेलोमा आफ्नो हिस्सेदारी त्यागेको छ। नायडुलाई दिइएको यो ठूलो राहतले शान्तनु रतन टाटाको कति नजिक थियो भन्ने देखाउँछ।

रतन टाटाले आफ्नो पाल्तु कुकुर जर्मन शेफर्ड टिटोको जीवनभर हेरचाह सुनिश्चित गरेका छन्। ५–६ वर्षअघि उनले टिटोलाई ल्याएका थिए।

रतन टाटाको कोलाबा निवास र ताज वेलिंग्टन मेउजमा राखिएका २०–३० लक्जरी कारहरुको संकलन लिलामी वा सार्वजनिक प्रदर्शनजस्ता विकल्पहरुसहित बाँडफाँट हुन बाँकी छ। उनको प्रसिद्ध अलिबाग बिच बंगला र जुहु तारा रोडमा रहेको मुम्बईको निवास पनि सम्पत्तिको हिस्सा हो। यसबारे पनि निर्णय आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS