IME Life New

क्रिप्टो करेन्सीमा डुबेका साथीको उद्धार गर्न आफ्नै खुट्टा काटेर बीमाको रकम दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रिप्टोकरेन्सीमा गरेको लगानि डुबेपछि ताइवानका एक यूवकले आफ्नै साथीको खुट्टा काट्न लगाएर बीमावापतको रकम कुम्ल्याउने षडयन्त्र गरेको तथ्य प्रकाशमा आएको छ। बीमा वापतको १३ लाख अमेरिकी डलर(हालको मूल्यमा १७ करोड २९ लाख १३ हजार रुपैयाँ) रकम दाबी गर्न ती यूवकले आफ्नो साथीलाई कृत्रिमरुपमा खुट्टा अपाङ बनाउन लगाएका हुन् ।

बिजनेस इनसाइडरको समाचार अनुसार ताइवानको आपराधिक अनुसन्धान ब्यूरोले भन्यो कि २३ वर्षीय यूवक झाङले १० घण्टासम्म सुक्खा बरफको बाल्टिनमा आफ्नो खुट्टा राखेर खुट्टाको छाला र मासुलाई अरर्रो बनाएर हिउँले खाएको जस्तो प्रकृतिको देखिने गरी दुबै खुट्टाको अवस्था बनाएका थिए ।

Esewa
Crest

हाई स्कूलका झाङका साथी लियाओले उनलाई यस्तो गर्न फकाएका थिए । अनुसन्धान अधिकारीहरुका अनुसार लियाओले क्रिप्टोकरेन्सीमा पैसा गुमाएपछि आफ्नो साथी झाङ्लाई झन्डै ८ लाख अमेरिकी डलर( १० करोड ६४ लाख रुपैयाँ) तिर्नुपर्ने तमसुकमा हस्ताक्षर गर्न बाध्य बनाए। लियाओ पैसा नदिएको अवस्थामा आफूलाई मार्नका लागि केही समयदेखि गुण्डाहरू आफ्नो पछि लागेको बताएर प्रभावित पारेका थिए।

मन्डारिनबाट अनुवाद गरिएको उक्त बयानमा दाबी गरिएको छ कि जनवरी २६, २०२३ मा ताइपेईमा आफ्ना साथी लियाओसँग मोटरसाइकल चलाउँदा झाङको खुट्टा हिउँले खाएर नचल्ने भएको दाबी गरेका थिए । बरफको बाल्टिनमा डुबाएको दुबै खुट्टा नचल्ने भएपछि उनीहरु अस्पताल पुगेर झाङको गोली गाँठामुनीको खुट्टाको भाग काट्न लगाएर उपचार गराएका थिए । यो घटना हुनु अघि झाङको नाममा जीवन, स्वास्थ्य र दुर्घटना बीमा गरिएको थियो ।

चिकित्सकहरुले झाङको अनुरोधमा शल्यकृयामार्फत् उपचार गरेपनि उनको खुट्टाको अवस्थाबारेको टिप्पणीमा चाहिँ गोलीगाँठामुनीको भागमा खासै बाहिरी नोक्सानी नदेखिएको, जुत्ता मोजा लगाएको संकेत नभेटिएको उल्लेख गरेका थिए ।

अनुसन्धानका क्रममा यो पनि खुलेको छ कि घटना भएको भनिएको जनवरी २६ तारेखमा रातको मौसम “कतै पनि हिउँ वर्षिएको थिएन। साथै ताइवान एक उपोष्णकटिबंधीय क्षेत्र भएकोले, प्राकृतिक मौसमी अवस्थाका कारण अंगच्छेदन आवश्यक पर्ने गम्भीर हिउँले अङ खाइदिएका घटनाहरू सुनिएको छैन,” अनुसन्धान ब्यूरोले भन्यो।

अनुसन्धानका क्रममा अपराध नियन्त्रण ब्यूरोले झाङको खुट्टा अररो पार्न फ्रिज प्रयोग गरिएको प्लास्टिकको बाल्टिन, बीमालेखको कागजात, ड्राई आइस भएको सेतो पोलिस्टायरिन बक्स, आठवटा मोबाइल फोन र अन्य विद्युतीय उपकरणहरु फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

63%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS