IME Life New

क्राउडस्ट्राइकः विश्वका बीमा कम्पनीहरुको वित्तीय नतिजामा ठूलो प्रभाव नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्राउडस्ट्राइकमा भर्खरैको साइबर सुरक्षा घटनाले विश्वका बीमा(पुनर्बीमासहित) कम्पनीहरुको वित्तीय नतिजामा ठूलो प्रभाव पार्ने सम्भावना कम रहेको अनुमान गरिएको छ।

फिच रेटिङ्सले यस्तो अनुमान सार्वजनिक गरेको हो। यद्यपि, बीमा पनि बढी प्रभावित हुने क्षेत्रमध्ये एक रहने फिचको अनुमान छ।

Esewa
Crest

कभरेजको कमी, उच्च कटौती र व्यापार अवरोध दाबीका लागि समय अवधिसहित धेरै संयन्त्रले बीमा कम्पनी क्षतिलाई सीमित गर्ने फिचले जनाएको छ। साइबर घटनाहरुबाट प्रायः व्यापार अवरोध दाबी ८ देखि १२ घन्टाको समय अवधि हुन्छन्। दाबीहरु प्राथमिक बीमकहरुको अवधारणभित्र रहने अपेक्षा गरिन्छ।

चौबीसै घन्टा खुला रहने अस्पताल र एयरलाइन्स कम्पनी क्राउडस्ट्राइकको घटनाले बढी प्रभावित भएका छन्। विशेषगरी एसिया प्यासिफिक, युरोप र मिडिल इस्ट र अफ्रिकी क्षेत्रका अस्पताल र एयरलाइन्स कम्पनी यसबाट प्रभावित बनेको फिचले जनाएको छ।

क्राउडस्ट्राइकको घटनाबाट विश्वका बीमा कम्पनीहरुले सिंगल डिजिटको अर्ब डलरको हाराहारीमा क्षति व्यहोर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ। कम्पनीहरुले यसबाट परेको दाबी भुक्तानी गरिरहेका छन्।

धेरैजसो बीमा कम्पनी क्राउडस्ट्राइकबाट भएको व्यापार अवरोध र साइबर बीमाको दाबी भुक्तानी गर्नुपर्ने देखिन्छ। बीमा कम्पनीहरुले व्यहोर्नुपर्ने क्षतिको विवरण अपडेट गर्दै जाने फिचले जनाएको छ।

क्राउडस्ट्राइकबाट विश्वभर ८५ लाख उपकरण प्रभावित भएको तथ्यांक सार्वजनिक गरेको छ। जुन विश्वभर प्रयोग भएका कम्प्युटरको १ प्रतिशतभन्दा कम हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS