IME Life New

क्यानडामा कार चोरीको बिगबिगी, बीमा कम्पनीले तिरे १ अर्ब डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार धेरै चोरी हुने शीर्ष १० देशको सूचीमा क्यानडा रहेको छ। क्यानडामा कार चोरीको घटना व्यापक परेको छ।

कार चोरी बिगबिगीले क्यानाडाको बीमा ब्युरोले यसलाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको छ।संस्थाका अनुसार गत वर्ष बीमा कम्पनीहरुले सवारीसाधन चोरीको दाबीबापत १ अर्ब अमेरिकी डलरभन्दा बढी तिर्नुपरेको थियो।

Esewa
Crest

यो क्यानडामा यस्तो समस्या बनेको छ कि देशभरका पुलिस अधिकारीहरुले कसरी चोरीबाट सवारीसाधनलाई जोगाउने भनेर सार्वजनिक बुलेटिनहरु जारी गरेका छन्।

यसैबीच केही क्यानेडियनहरुले आफ्नै कार सुरक्षा उपाय लिइरहेका छन्। उनीहरुले आफ्नो कारमा ट्रयाकर जडानदेखि व्यक्तिगत सुरक्षाकर्मी भर्ना गर्ने सबै काम गरिरहेका छन्। कतिपय व्यक्तिले चोरलाई रोक्न ‘रिट्रयाक्टेबल बोलार्ड’ पनि प्रयोग गर्न थालेका छन्।

सन् २०२२ मा क्यानडामा १ लाख ५ हजार कार चोरी भएका थिए। यसको मतलब प्रत्येक ५ मिनेटमा एउटा कार चोरी भएको थियो। क्यानडाका संघीय न्यायमन्त्री आफैँ पनि पीडित भएका छन्। उनको सरकारी कार टोयोटा हाइल्यान्डर एक्सएलई चोरहरुले दुई पटक चोरी गरेका थिए।

इन्टरपोलले केही महिनाअघि सूची सार्वजनिक गरेको थियो। सूचीमा १३७ देश थिए, जसलाई कार चोरीको हिसाबले सबैभन्दा खराब मानिन्छ। क्यानडा यस सूचीमा शीर्ष १० देशमा परेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS