IME Life New

क्यानडापछि अस्ट्रेलियाले दियो झट्का, विद्यार्थी भिसामा भारी कटौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडापछि अब अस्ट्रेलियाले पनि विदेशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ठूलो झट्का दिएको छ।

अस्ट्रेलियाले सन् २०२५ मा त्यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या २.७ लाखमा सीमित गर्ने घोषणा गरेको छ। घर भाडामा भारी वृद्धि भएकाले अस्ट्रेलियामा अध्यागमनको कीर्तिमानी स्तरलाई रोक्न यो निर्णय गरिएको हो।

Esewa
Crest

अस्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले यस दायरामा उच्च शिक्षा पाठ्यक्रमका साथै व्यावसायिक शिक्षा र प्रशिक्षण पाठ्यक्रम समावेश गरिएको बताए। अस्ट्रेलिया सरकारको यो कदमले विदेश जान चाहने विद्यार्थीलाई ठूलो असर पार्ने भएको छ।

शिक्षामन्त्री जेसन क्लेयरले अस्ट्रेलियाका विश्वविद्यालयहरुमा कोरोना महामारी अघिको तुलनामा अहिले करिब १० प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेको बताए। त्यस्तै, निजी व्यावसायिक तथा तालिम संस्थामा यो संख्या ५० प्रतिशत बढी छ।

भर्खरैका सर्वेक्षणहरुले अस्ट्रेलियाका मतदाताले आप्रवासीका बारेमा चिन्ता व्यक्त गरेको देखाएको छ। यद्यपि अन्तर्राष्ट्रिय शिक्षाले वर्ष २०२२।२३ मा अर्थतन्त्रमा ३६.४ अर्ब अमेरिकी डलर योगदान गर्ने अनुमान गरिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS