IME Life New

कोरोना महामारीकै बीचमा आईसीएफसी फाईनान्सको छलाङ, मुनाफा ३ गुणाले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण वित्तीय क्षेत्रमा ठूलो घाटा पर्ने अनुमान विपरित आईसिएफसी फाईनान्स कम्पनीले छलाङ मार्दै मुनाफा तीन गुणाले बृद्धि गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आईसीएफसी फाईनान्सले नौ करोाड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा तीन करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा तीन गुणाले मुनाफा बृद्धि गर्न सफल भएको हो । कम्पनीको मुनाफा २०६ प्रतिशतले बढेको देखिएको छ ।

वित्तीय विवरण अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानीमा बृद्धि भएको तथा तुलनात्मक रुपमा खर्च घटेर बचत हुन गई मुनाफा उल्लेख्य रुपमा बृद्धि भएको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १० करोड ७९ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आवको पहिलो त्रैमासमा १० करोड २० लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी घटेपनि ४३ लाख ९९ हजार रुपैयाँ मात्र रहेको फाइनान्सको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १३ करोड ५ लाख ३० हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सले १० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा १० करोड ७९ लाख खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष सो अम्दानी घटेको छ।

Esewa
Crest

फाइनान्सको अन्य सञ्चालन आम्दानी ४३ लाख रुपैयाँबाट बढेर १३ करोड ५ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष एक करोड ८२ लख रुपैयाँले ऋणात्मक रहेको खुद व्यापारिक आय शून्य भएकोले पनि कम्पनीको मुनाफा उल्लेख्य रुपमा बृद्धि भएको हो । चालु आवको तीन महिनामा अवधिमा फाइनान्सले १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कर्जा परिचालत गर्न सफल भएको वित्तीय विवरणमा उल्लेख छ ।

कूल ९२ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोष २४ करोड ७७ लाख रुपैयाँबाट बढेर ३१ करोड १२ लाख रुपैयाँ जम्मा गरेको छ । आईसीएफसी फाइनान्स कम्पनीको खराब कर्जा सामान्य बढेर ०.२८ प्रतिशतबाट ०.५३ प्रतिशत पुगेको छ । कोषको लागत ७.९१ प्रतिशत छ भने पूँजी कोष अनुपात १४.०८ प्रतिशत, सिसिडि रेशियो ६५.९२ प्रतिशत, आधार दर ८.५८ प्रतिशत र स्प्रेड दर ४.६६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS