IME Life New

कोरोना बीमा पुलमार्फत सञ्चालन गरिने, आइतबार औपचारिक सुरुवात गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोगको बीमा गर्ने निर्णय गर्दै बीमा समितिबाट जारी नयाँ बीमा पोलिसी पुलमार्फत सञ्चालन हुने भएको छ । नेपाल बीमक संघको नेतृत्वमा पुनर्बीमा कम्पनीसहित संलग्न रही पुलमार्फत सञ्चालन गर्न लागिएको बीमा समितिले जनाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले भने, ‘बीमक संघको नेतृत्वमा माइक्रो इन्स्योरेन्सको जस्तै पुलमार्फत सञ्चालन गरिनेछ । पुनर्बीमा आप्नै पुनर्बीमा कम्पनीमार्फत हुनेछ ।’ बीमा ऐनमा उल्लेख भएको २० प्रतिशत जोखिम पुनर्बीमा कम्पनीले वहन गर्नेछ भने बाँकी कम्पनीहरुले सामूहिक रुपमा जोखिम बहन गर्नेछन् ।

Esewa
Crest

नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले भने, ‘कोरोना भाइरस रोगको बीमा माइक्रो इन्स्योरेरन्सको अबधारणाबाट आएकाले बीमक संघमा रहेको माइक्रो इन्स्योरेन्सको पुलमार्फत नै कोरोनाको बीमा गर्नेछौं ।’

बीमा समितिका अनुसार कोरोना भाइरस लागेको पुष्टि भए लगत्तै दावी भुक्तानी पाइनेछ । कोरोनाको उपचार खर्च सरकारले नै व्यहोर्ने हुँदा रोग संक्रमितलाई पौष्टिक आहार, आईसोलेशनमा बस्दा लाग्ने खर्च आदिका लागि उपचारको बिल नलिई बीमा दावी भुक्तानी गरिनेछ ।

कोरोना भाइरसको बीमा देशव्यापी अभियानको रुपमा लैजाने योजना रहेको अध्यक्ष चापागाँईले बताए । उनले भने, ‘कोरोना लागेपछि आफ्नै परिवारका सदस्यहरु नजिक आउन डराउँछन् । श्रमिक रहेछ भने काम गर्न पाउँदैन । स्वास्थ्य नै भएपनि धेरै समस्या भोग्नु पर्ने भएको सामूहिक जोखिम बहन गर्ने गरी नयाँ बीमा पोलिसी जारी गरिएको हो ।’ बीमा समितिले नेपाली नागरिकलाई कोरोनाको संक्रमण भइसकेपछि मानसिक तथा आर्थिक रुपमा निर्धक्क हुन नयाँ पोलिसीले सहयोग गर्नेछ ।

बीमा समितिले आइतबार औपचारिक कार्यक्रम गरी कोरोना बीमाको शुभारम्भ गर्न लागेको छ । बीमा समितिका अनुसार आइतबार बीमा समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुले नयाँ बीमा पोलिसी खरिद गरेर औपचारिक रुपमा कोरोनाकै त्रासका बीच कोरोना भाइरस रोगको बीमा पोलिसी सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS