IME Life New

कोरोना बीमामा नेपाल सरकार ग्यारेन्टी, साढे तीन अर्बभन्दा बढिको दायित्व सरकारले व्यहार्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहिवार बीमा समितिले स्थगित गरेको कोरोना बीमा पोलिसी आज २४ घण्टा नबित्दै पुनः सुचारु भएको छ । आज सुचारु हुँदा भने कोरोना बीमाको अवधी २०७७ चैत्र मसान्त कायम गरिएको छ । अर्थात अहिले गरिएको बीमा अवधी आगामी चैत्र मसान्तसम्म मात्रै मान्य हुनेछ । ३५ हजारभन्दा बढिको दावी भुक्तानीको जोखिम नेपाल सरकारले वहन गर्ने सहमति पश्चात कोरोना बीमा सुचारु भएको हो ।

बीमा कम्पनीहरुको चुक्ता पुँजि भन्दा बढि जोखिम कोरोना बीमाले बोकाएपछि बीमा कम्पनीहरु आत्तिन थाले । पुलको व्यवस्थापन गर्दै आएको नेपाल बीमक संघमा एउटा नयाँ कम्पनीले पुलबाट बाहिर जाने आशयको पत्र दर्ता गरायो भने अर्को एउटा कम्पनीले बीमा समितिमा लिखित रुपमा पत्र बुझाएर बीमा समितिकोक नियम अनुसार कोरोना बीमाको पुनर्बीमा नभएको र कम्पनीको चुक्ता पुँजि भन्दा बढि जोखिमको भार कम्पनीमाथि आइपरेको सन्दर्भमा अब कसरी थप जोखिम व्यवस्थापन गर्ने मार्ग प्रशस्त गर्न माग गर्दै निवेदन दर्ता गर्यो । बीमा समितिमाथि माथि जोखिम व्यवस्थापनको दवाव आईपर्यो र शुक्रबार देखि लागू हुने गरी कोरोना बीमा पोलिसी स्थगित गर्ने निर्णय गरियो ।

Esewa
Crest

उता, सरकारले बजेटमै कोरोना बीमा राखेको तथा करिब सात लाख कर्मचारीको कोरोना बीमा गर्ने घोषणा बजेट बक्तव्यमै थियो । संसदबाट बजेट पास नै नहुने कोरोना बीमा स्थगित भएपछि अर्थमन्त्री डा. युवराज खतिवडालाई तनाव पर्यो । आज विहानैदेखि बीमा समिति र अर्थमन्त्रालयका अधिकारीहरुका बीचमा वार्ता र छलफल सुरु भयो ।

अन्ततः आजै निकास निस्कियो । कोरोना बीमाबाट प्राप्त आम्दानी बीमा कम्पनीहरुले नाफा नोक्सान खातामा देखाएर मुनाफा लैजान नपाउने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीलाई थप भार नपर्ने गरी बीमा पुलमार्फत कोरोना बीमा व्यवसाय गर्ने । जोखिम व्यवस्थापनको पाटोमा बीमा पुलमार्फत एक अर्बको दावी भुक्तानी हाल सञ्चालनमा रहेका २० वटा कम्पनीहरुले वहन गर्ने, थप एक अर्बको दावी भुक्तानीको दायित्व पुनर्बीमा कम्पनीले वहन गर्ने, थप ५० करोडको दावी भुक्तानीको दायित्व बीमा कम्पनीहरुका महाविपत्ती कोषबाट व्यवस्थापन गरिने र थप एक अर्ब दावी भुक्तानीको जोखिम बीमा समिति स्वयम्ले वहन गर्ने गरी कोरोना बीमाको जोखिम व्यवस्थापन गरिएको छ । कोरोनाले महामारीकै रुप लिई उल्लेखित दावी भुक्तानीबाट पनि अपुग भएको अवस्थामा साढे तीन अर्ब भन्दाबढिको दावी भुक्तानी गर्नुपर्ने अवस्थामा सोभन्दा माथिको जोखिम नेपाल सरकारले वहन गर्नेछ । कोरोना बीमाको जोखिम व्यवस्थापनको योजना तयार भएसँगै कोरोना बीमा आजैबाट सुचारु गरिएको बीमा समितिले जनाएको छ । नयाँ सहमति अनुसार बीमा कम्पनीहरुमाथि ठूलो आर्थिक भार पर्नेछैन । सो अनुसार अब प्रत्येक बीमा कम्पनीले अधिकतम पाँच करोडको मात्रै दायित्व वहन गर्नेछन् ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले भने, ‘बीमा समितिले कोरोना बीमा केही समयको लागि स्थगित मात्रै गरेको थियो, सबै पक्ष बसेर गम्भिर छलफल गर्यौं, जोखिम व्यवस्थापनको योजनामा सहमति भएपछि आजैदेखि कोरोनाबीमा सुचारु भइसकेको छ ।’ प्रबक्ता पौडेलका अनुसार जोखिम व्यवस्थापनमा सरकारले समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS