IME Life New

कोरोनाकालमा जागिर गुमेको भन्दै फर्जी दाबी पेस गरेर लाखौं डलर झ्वाम पार्ने महिलालाई ९ वर्ष जेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा फर्जी बीमा दाबी पेस गरेर १० लाख डलर झ्वाम पार्ने एक महिलालाई ९ वर्ष जेल सजाय तोकिएको छ।

हालै उत्तरी क्यालिफोर्नियाकी ३३ वर्षीया क्यामेसा केइजलाई जालसाजी गरेर कोरोना महामारीका बेला बेरोजगार लाभबापत बीमा दाबी भुक्तानी लिएको आरोपमा दोषी ठहर गरी उक्त सजाय सुनाइएको हो। उनले आफ्नो ठगी योजना सफल पार्न विभिन्न व्यक्तिको विवरण निकालेर राज्यको रोजगार विकास विभाग (ईडीडी)मा पेस गरेको अमेरिकी न्यायाधिवक्ताको कार्यालयले ठहर गरेको छ।

Esewa
Crest

ईडीडीबाट बेरोजगारी लाभबापतको रकम हत्याउन केइजले दर्जनौँ फर्जी दाबी पेस गरेको कार्यालयले जनाएको छ। यो बेरोजगारी लाभबापतको रकम फेडलर कोरोनाभाइरस एड, रिलिफ एन्ड इकोनोमी सेक्युरिटी (सीएआरईएस)ले अप्रिल २०२० देखि अगस्ट २०२१ सम्म वितरण गरेको थियो।

अभियोजकहरुका अनुसार केइजले थुप्रै मानिसको व्यक्तिगत विवरण जस्तै नाम, जन्म मिति र सामाजिक सुरक्षा नम्बर चोरेर कोरोनाका बेलामा रोजगारी गुमाएको भन्दै फर्जी दाबी पेस गरेकी थिइन्। उनले तेस्रो पक्षका रुपमा सेक्युरिटी फर्म आईडी डट मीलाई प्रयोग गरेर ती फर्जी दाबी पेस गरेकी थिइन्। त्यसपछि बेरोजगार लाभबापत रकम ईडीडीको डेबिट कार्डमा आएपछि उनले सबै निकालेर खर्च गरेकी थिइन्।

त्यसो त केइजले झन्डै २० लाख डलरको दाबी पेस गरेकी थिइन्। तर, उनले १० लाख डलरमात्र ईडीडीबापत प्राप्त गर्न सफल भएकी थिइन्। स्थानीय अदालतले केइजलाई जेल सजायका साथै ११ लाख १६ हजार ६८३ डलर हर्जना पनि तिर्न लगाएको छ।

ईडीडीबाट कोरोना महामारीका बेला बेरोजगारलाई भत्ताबापत उपलब्ध गराएको रकम दुरुपयोग भएको भन्ने आवाज उठेपछि छानबिन सुरु भएको थियो। सोही छानबिनका क्रममा केइजले फर्जी दाबी पेस गरेर लाखौँ डलर हत्याउन सफल भएको फेला परेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS